५९) र अदृश्य कुराको साँचो अल्लाहसँग छ जसको बारेमा उस बाहेक अरु कसैलाई थाहा छैन र जे–जति पृथ्वी र समुन्द्रमा छन् उसैलाई त्यसको ज्ञान छ । एउटा पात झर्दा पनि उसलाई थाहा हुन्छ र पृथ्वीको अँध्यारोमा कुनै दाना (गेडा) उसको जानकारी बेगैर झर्दैन कुनै हरियो, सुकेको कुरा जे–जति छन् सबै स्पष्टरूपले किताबमा (लौहेमहफूजमा) छन् ।